नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त

  २०७८ असार ७ गते १७:४९     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो सम्बन्धी असार ६ गते दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्तको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

यससँगै संस्थाको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट मार्फत हुने भएको छ ।

आरबिबि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.