काठमाडौं महानगरले नयाँ घर बहाल कर तोक्दै, दर कम गरेर दायरा बढाउने रणनीति

  २०७८ असार ७ गते १६:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ घर बहाल कर तोक्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ घर बहाल कर तोक्ने भएको हो । महानगरले सबै घरधनीहरुलाई करको दायरामा ल्याउनकाे लागि घर बहाल करमा नयाँ व्यवस्था गर्न लागिएको हाे ।

काठमाडौं महानगरपालिकाकी उप-प्रमुख हरिप्रिया खड्कीले महानगरले आगामी आर्थिक वर्षका लागि नयाँ घर बहाल कर तोकेर सबैलाई करको दायरामा ल्याउने किसिमले काम भइरहेको बताइन् ।

‘हाम्राे योजना भनेको सबैलाई करको दायरामा ल्याउनु हो, आगामी आवको नीति तथा कार्यक्रममा पनि हामीले घर बहाल कर सम्बन्धि विषय बोलेका छौं, आगामी आवका लागि घर बहाल कर कति निर्धारण गर्ने भन्ने विषयमा भने छलफल भइरहेको छ, जतिसक्दो कम नै तोक्ने छलफल पनि भइरहेको छ, बजेटपछि करको दर सार्वजकि हुन्छ,’ उनले भनिन् ।

काठमाडौं महानगरपालिकाले बाटो र ठाउँ हेरेर घर बहाल कर तोक्न लागेको हाे । महानगरका रावश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले अहिले घर बहाल कर तोक्ने बारे छलफल भइरहेको बताउँदै नगर सभाले पास गरेपछि मात्रै कर यकिन हुने बताए । उनले पनि करको दर घट्न सक्ने बताए ।

‘सम्पत्ती कर लगाउँदा जसरी जग्गाको बाटो अनुसार न्यूनतम दर तोकिएको हुन्छ, त्यसैलाई आधार मानेर हामीले घर बहाल कर तोक्न लागेका छौं, बहाल कर तोक्नका लागि सम्पूर्ण तयारी पुरा भएर राजश्व परामर्श समितिले पारित गरिसकेको छ, नगरसभाबाट पास भएपछि न्यूनतम बहाल कर लागू हुन्छ,’ उनले भने ।

प्रतिस्क्वायर फिटको २० रुपैयाँदेखि त्यसको दोब्बरसम्म बहाल कर तोक्ने तयारी भइरहेको उनको भनाई छ । उनका अनुसार न्यूनतम कर तोकेर सबैलाई करको दायरमा ल्याउने रणनीति महानगरको छ ।

‘अब घर बहाल कर नतिर्ने घरबेटीहरुले कर नतिरी सुखै पाउँदैनन्, कसले बहाल कर तिरेको छैन भन्ने ठ्याक्कै पत्ता लगाउँछौं, हाम्रो यो सिस्टमले घरधनीहरुलाई पनि करको दायरामा आउन बाध्य बनाउँछ, घरधनीहरु पनि न्यूनतम कर तिर्ने भए, महानगरले पनि राजश्व राम्रै उठाउने भयो, यो नीति कार्यान्वयन भएपछि हामीले वार्षिक ५ अर्ब राजश्व उठाउने लक्ष्य राखेका छौं, ’  उनले भने ।

हाल करदाताले आफुले बहालमा लगाएको बहाल रकम स्वंय घोषणा गरेर कर तर्नि स्रक्ने व्यवस्था छ । अब भने सो व्यवस्थ हट्नेछ ।

करदाताले गरेको स्वयम् घोषणा वा बहाल लिने दिने विच भएको सम्झौता बमोजिमको बहाल दर वा कूल बहाल रकम सूत्रबाट कायम हुने दर अनुसारको बहाल रकम भन्दा बढी हुन आएमा स्वयं घोषणा वा सम्झौता अनुसारको रकमलाई बहाल रकम मानी बहाल कर असूल गरिँदै आएको छ । अहिले काठमाडौंका घरधनीहरुले कूल बहाल रकमको बार्षिक १० प्रतिशतका दरले बहाल कर तिर्दै आएका छन् । अब भने दर घट्ने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.