२ कराेड रुपैयाँ पर्ने हुन्डाई प्यालिसेड नेपाल भित्रियो

  २०७८ असार ७ गते १४:५७     विकासन्युज

काठमाडाैं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो ।

कम्पनीकाे अनुसार यो कार छिट्टै नै आधिकारीक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा प्यालिसेड २।२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०(२७५० आरपिम टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.