लकडाउनमा ८७ लाख बढीको खाद्यान्न बिक्री, पाँच हजार परिवारले पाए सहुलियत दरमा

  २०७८ असार ६ गते १९:१५     विकासन्युज

काठमाडौं । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ ।

आइतबार खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न बिक्री गरेको बताइन् ।

हालसम्म सहुलियत दरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको उनले बताए । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न बिक्री गरेको पनि उनले जानकारी दिइन् ।

कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपाससम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको उनले जानकारी दिइन् । होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारिन् । खाद्य व्यवस्था व्यापार कम्पनीले गत मंसिरदेखि चैतसम्म करिब २ लाख ७७ हजार क्वीन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पुर्याउनेदेखि काठमाडौंमा विक्रि वितरण गरिएको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.