जारी निषेधाज्ञामा व्यवसाय सञ्चालन गर्न पाइने, कुन बार कुन पसल खुल्छ ?

  २०७८ असार ६ गते १८:०८     विकासन्युज

काठमाडौं । निषेधाज्ञा जारी रहेको काठमाडौं उपत्यकामा अब बार अनुसार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । आइतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले हालको निषेधाज्ञालाई जारी गरी बार अनुसार व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरेको हो ।

यससँगै आइतबार, मंगलबार र बिहीबार सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइने भएको छ । त्यस्तै, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । साथै, उक्त पसलहरु बिहान ११ बजेदेखि ४ बसेसम्म सञ्चालन गर्न दिईने उनले जनाए ।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ भने खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाइने गरी बैठकले निर्णय गरेको छ ।

बैठकले हाल जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाई असार ८ गतेदेखि असार १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, जोड बिजोर लागू गरी निजी सवारीलाई चल्न दिइने निरौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.