काठमाडौंमा असार १४ गतेसम्म थपियो निषेधाज्ञा, जोर-बिजोर लागू गरिने

  २०७८ असार ६ गते १७:५०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकले हाल जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाई अब असार १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, जोड बिजोर लागू गरी निजी सवारीलाई चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.