सेबोनलाई ५१ कम्पनी जस्तै अरुको पनि नाम सार्वजनिक गर्ने बाटो खुल्यो (आदेशसहित)

  २०७८ असार ६ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबाेन) लाई अन्य जोखिमयुक्त कम्पनीहरुको नाम पनि सार्वजनिक गर्न बाटो खुलेको छ । बोर्डले जारी गरेको ५१ कम्पनी सार्वजनिक गरेको विज्ञप्ति विरुद्द परेको रिटको आज सुनुवाई अनुसार बोर्डले अझै अन्य जोखिम अवस्थामा रहेका कम्पनीको नाम सार्वजनिक गर्न सक्ने भएको हो ।

आज न्यायधिश डा. कुमार चेडालको इजलाशमा सुनुवाई भएको सो रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीहरुको सूची सार्वजनिक गरेर निवेदकको निर्विवाद हकमा कुनै असर नपर्ने देखिएकोले अन्तरिम आदेश जारी गर्न नपर्ने उल्लेख गरेको छ । यो आदेशसँगै अब धितोपत्र बोर्डलाई अन्य कम्पनीको नामावली पनि सार्वजनिक गर्न बाटो खुलेको हो ।

धितोपत्र बोर्ड विरुद्दको रिटमा कारण देखाउ आदेश जारी (आदेशसहित)

अदालतले जारी गरेको कारण देखाउ आदेशमा भनिएको छ,‘ निवेदकले अन्तरिम आदेश समेत जारी गरि पाउँ भनी गरेको निवृेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिनन कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरेको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.