धितोपत्र बोर्ड विरुद्दको रिटमा कारण देखाउ आदेश जारी (आदेशसहित)

  २०७८ असार ६ गते १६:४८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ आदेश गरेको हो ।

अब बोर्डले के कारणले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरिएकाे हाे त्यसकाे कारण देखाउनु पर्ने छ । सर्वोच्च अदालतले सो रिट माथि अन्तरिम आदेश भने जारी नहुने स्पष्ट पारेको छ ।

धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा सुनुवाई सकियो

अधिवक्ता रविन बोहजु लगायतले सार्वजनिक गरिएको ५१ वटा कम्पनीको सूचीसहितको विज्ञप्ति बदर गर्ने माग गर्दै रिट दायर गरेका थिए । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.