७ अर्बमा बन्न लागेकाे सिलिगुढी पेट्रोलियम पाइपलाइनको मन्त्री यादवद्वारा निरीक्षण

  २०७८ असार ६ गते १६:३४     विकासन्युज

झापा । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना भएको बताए ।

उनले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिए ।

उनले पाइपलाइनको माध्यमद्घारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन शुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने बताए । उनले भने, ‘विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पु¥याउँछ ।’

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले शुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताए । परियोजना निर्माणका लागि भारतीय मूल्य सात अर्ब दुई करोड लागत लाग्ने उनले बताए ।

मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमीनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.