कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा

  २०७८ असार ६ गते १५:५०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नख्खु दोबाटोमा आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेको छ ।

आइतबार बैंकका अध्यक्ष सुदिप आचार्य भिडियो माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा जानकारी गराउँदै थप नवीनतम् प्रोडक्टहरु थप्दै लैजाने बताएका थिए ।

यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.