प्रुडेन्सियल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित

  २०७८ असार ६ गते १५:२२     विकासन्युज


काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । असार ६ गतेसम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने भएका छन् ।

यससँगै साविक १ अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस वितरण पश्चात १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी गराएको छ ।

साथै, सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालक (शैलेष संघई र अनिता रायमाझी टण्डन) निर्विरोध निर्वाचित भएका छन् । जसलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराईसकेका छन् ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारण सभा होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.