नबिल बैंकले किन्यो युनाईटेड फाइनान्स, स्वाप रेसियो कति ?

  २०७८ असार ६ गते १३:३२     विकासन्युज

काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले १ बराबर ०.३५ को सेयर मुल्य अनुपात (स्वाप रेसियो ) मा फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई स्वीकृति दिएकाे हो । यससँगै, सेयरधनीले युनाईटेड फाइनान्सको १ कित्ता सेयर बराबर नबिल बैंकको ०.३५ कित्ता सेयर पाउने भएका छन् ।

नबिल बैंकले संस्थालाई प्राप्ति गर्नको लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर/प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर/प्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् ।

यससँगै, युनाईटेड फाइनान्सको गत बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्राप्ति गर्ने प्रकृया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.