धितोपत्र बोर्डको विज्ञप्तिविरुद्दको रिटमा वहस जारी

  २०७८ असार ६ गते १२:५६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा वहश भइरहेको छ । विहान १० बजेका लागि तोकिएको पेशीमा वहस सुरु भएको हो ।

सो रिटमा अधिवक्ता रोविन बोहजु वहस गरिरहेका छन् । सर्वोच्च अदालतले शुक्रबार सो रिटको पेशीको आजका लागि तोकेको थियो ।

अधिवक्ता बोहजुले उत्पेषण, परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरि पाउँ भनि  असार ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । बोर्डले मंगलबार ५१ कम्पनीमा लगानी गर्न जोखिमयुक्त भन्दै सूची नै सार्वजनिक गरेको थियो । सो कार्यको अहिले चौतर्फि आलोचना तथा विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.