हेटौँडा उपमहानगरपालिकाद्वारा मेसिन किन्न आँखा अस्पताललाई १० लाख सहयोग

  २०७८ असार ६ गते १२:२२     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरीद गर्नका लागि १० लाख हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेशिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताए ।

यसैगरी उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेशिन खरीद गरी बिरामीको आँखा परीक्षणलाई प्रभावकारी र सहज हुने अस्पतालले जनाएको छ । अस्पतालले मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.