निषेधाज्ञा: सवारी साधानमा जोरविजोर, खुकुलो बनाउने निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

  २०७८ असार ६ गते १०:३८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट खुकुलो बनाउँदै लैजाने तयारी भएको छ । गत बैशाख १६ गतेबाट उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पछिल्लो पटक असार ७ गतेसम्म तोकिएको छ । उक्त निषेधाज्ञा सोमबार राति १२ बजेपछि सकिदैँछ ।

कोरोना संक्रमितको संख्यामा कही कमि आएपनि तत्काल निषेधाज्ञा जारी राख्दै केही खुकुलो बनाउने विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको पाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई जारी राख्दै खुकुलो बनाउँदै लैजाने विषययमा छलफल भइरहेको जानकारी दिए ।

उनका अनुसार कुन क्षेत्र खुला गर्ने विषयमा अन्तिम निर्णयभने भइसकेको छैन । कुन क्षेत्र कति समय खुला गर्ने विषयमा छलफल भइरहेतापनि मोडालिटीकोे टुंगो लागि नसकेको उनी बताउँछन् ।

निषेधाज्ञाको मोडालिटीको विषयमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दैछ ।

यसअघि नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग निषेधाज्ञालाई कसरी सहज रुपमा पालना हुने गरी कार्यान्वयन गर्ने र खुकुलो बनाउने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भएको थियो ।

किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसल लगायत संचालनका लागि फरक फरक समय निर्धारण गरी संचालन गर्ने गरी छलफल भइरहेको छ ।

यस्तै, सवारीसाधन सञ्चालनका लागि जोरविजोर प्रणाली लागु गर्ने विषयमा तयारी भएको छ । सार्वजनिक सवारी साधनलाई तत्काल खुला नगरी नीजि सवारी साधनलाई उक्त प्रणाली लागु गर्ने तयारी भएको छ ।

आर्थिक गतिविधिलाई विस्तारै संचालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी तय गरिने छ । यसअघि खुला गरिएको रेष्टुराँको सेवा टेकअवे तथा अनलाइन होमडेलीभरीलाई निरन्तरता दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.