गरिमा विकास बैंकको सेयर लगानी केसीएल अस्ट्युट क्यापिटलमा, नाम पनि परिवर्तन

  २०७८ असार ४ गते २०:२२     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले असार ४ गते शुक्रबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात केसीएल अस्ट्युट क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भएको छ । र, केसीएल अस्ट्युट क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित हुने जनाईएको छ ।

गरिमा विकास बैंकले सेयर लगानी गरे पश्चात केसीएल अस्ट्युट क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका अध्यक्ष दिपक पाण्डेयले संयुक्त हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.