माछापुच्छ्रे बैंकका ग्राहकले कार्डबाट पेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने

  २०७८ असार ४ गते १८:३६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।

माछापुच्छे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभेट गर्नुपर्ने छ । त्यसपछि ग्राहकले माछापुच्छे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सक्नेछन् ।

साथै, माछापुच्छे बैंकले दराजसंगको साझेदारीमा शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको छ जसमा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्ड मार्फत गरेको खरिदलाई शून्य प्रतिशत ईएमआईमा परिवर्तन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.