रेडमी नोट १० एस अब नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता

  २०७८ असार ४ गते १७:२४     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी नेपालले नेपाली बजारमा रेडमी नोट १० एस को लन्च गरेको छ । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँने कम्पनीले जनाएको छ ।

यो पहिलो उपकरण हो, जुन अहिले सम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट-अफ-द-बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुनेछ ।

रेडमी नोट १० एस
रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा-वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ । क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम-ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमा पनि टाइम ल्याप्सहरु शुट गर्न मद्दत गर्दछ । रेडमी नोट १० एसले क्वालिटी सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन-डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ ।

भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले
आफ्नो सिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी प्लस सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ । यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्क्रीनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ । यो १०० प्रतिशत डीसिआई-पी३ को साथ आउँछ जसले वाइडर कलर ग्यामटलाई सुनिश्चित गर्दछ र ४५०००००ः१को इम्प्रेसिभ कन्ट्रास्ट रेसियो प्रदान गर्दछ । १८० हट्र्जको टच स्याम्पलिंग रेटको सुविधा राख्दै यसले गेमिंगको बेलामा प्रयोगकर्ताहरुलाई एक पिन-पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कम गर्दछ । रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट-नचको साथ एक बेजेल-लेस डिस्प्लेको प्रस्तुत गर्दछ । डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ ।

पर्फमेन्सः मेडियाटेकहाइपरइन्जिन गेमिंग टेक्नोलोजी
रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । यसको सिपियुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्म कल्कड अप हुन्छ र जिपियु एआरएम माली जी ७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्म कल्कड अप हुन्छ । यसले प्रयोगकर्ताहरुलाई शक्तिशाली प्रदर्शन प्रदान गर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ । ६ जीबीको एलपीडीडीआर४एक्स को ¥यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ । यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिन्गलाई सुनिश्चित गर्दछ । पावरको लागि यसमा युएफएस २.२ को हाई-स्पिड स्टोरेज पनि रहेको छ ।

न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट-अफ-द-बक्सलाई फिचर गर्दछ । विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिक्रियाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र काम गर्दा कुशलता प्रदान गर्दछ । एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशत सम्म घटाउएको छ जसले लामो ब्याट्री लाइफ प्रदान गर्दछ । उपभोक्ताहरुलाई बढी नियन्त्रण प्रदान गर्दै अब प्रयोगकर्ताहरुलाई आफ्नो उपकरणमा नचाहेको प्रिलोड गरिएको एप्लिकेशनहरु हटाउने र अनइन्स्टल गर्ने स्वतन्त्रता छ ।

रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ ।

ईभोल डिजाइन

रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च-फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ । स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ ।

ठूलो ब्याट्री
रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन-द-बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०-१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा-ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।

उच्च गुणस्तर
रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायम गर्दै कर्निंग गोरिल्ला ग्लासको साथ उपलब्ध छ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ । आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध रहेको छ ।

रंग, उपलब्धता र मूल्य

रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्ट डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक मा उपलब्ध हुनेछ । कम्पनीका अनुसार याे अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुनेछ । नेपाली बजारमा ६ जीबी प्लस ६४ जीबीको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी प्लस १२८ जीबीको मूल्य २६ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.