धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले बोलायो, पेशी ६ गते ताेकियाे

  २०७८ असार ४ गते १६:३५     विकासन्युज

काठमाडौं ।  सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई अदालत हाजिर हुन आदेश दिएको छ । अधिवक्ता रविन बोहजुले दायर गरेको रिटमा विपक्षी धितो पत्र बोर्डलाई अदालत हाजिर हुन उर्दी गरेको हो ।

सर्वोच्चले विपक्षी बोर्डलाई जारी गरेको उर्दीमा भनिएको छ, ‘२०७८ साल असार ६ गते दिनको १० बजे पेशी तारेखमा अदालत हाँजिर हुन आउनु होला । ’

अधिवक्ता बोहजुले उत्पेषण, परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरि पाउँ भनि  असार ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । । बोर्डले मंगलबार ५१ कम्पनीमा लगानी गर्न जोखिमयुक्त भन्दै सूची नै सार्वजनिक गरेको थियो । सो कार्यको अहिले चौतर्फि आलोचना तथा विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.