निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त

  २०७८ असार ४ गते १२:५१     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् । असार ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईलाई एभरेष्ट बैंकको तर्फबाट मनोनयन गरी पठाएसँगै संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यससँगै, नवनियुक्त सञ्चालक भट्टाईले नियुक्त भएकै दिन अर्थात असार ४ गतेदेखि नै लागू हुने गरी आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनले आजै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.