असार ७ पछि बैंक फुलफेजमा खुल्ने, उद्योगधन्दा र निर्माणका काम पनि पूर्ण रुपमा सञ्चालन हुने

  २०७८ असार ४ गते १२:२२     विकासन्युज

काठमाडौं । जारी निषेधाज्ञा असार ७ गतेपछि खुकुलो हुने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुले असार ७ गतेपछि जारी निषेधाज्ञा खुकुलो बनाउने छलफल गरिरहेका हुन् ।

पहिलेकाे तुलनामा हाल निषेधाज्ञा केही खुकुलो छ । तर, अझै पनि खुकुलो पारेर जनजीवन सहज बनाउने तयारी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् । भक्तपुरका जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद भट्टराईले असार ७ गतेपछि निषेधाज्ञालाई खुकुलो बनाएर जाने बताए ।

उनका अनुसार असार ७ गतेपछि बैंकहरु पूर्ण रुपमा सञ्चालन हुनेछन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले सीमित कर्मचारी र सीमित शाखामा खोल्न पाउने व्यवस्था छ । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

तर, अब भने बैंक तथा वित्तीय संस्थाहरुले पूर्ण रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न पाउनेछन् । ‘असार ७ गतेपछि बैंकहरु पूर्णरूपमा चल्छन्, निषेधाज्ञा खुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा चलाउ कि भन्ने छलफल भइरहेको छ, बैंकरबीच पनि सहमति भइसकेको छ, उद्योगधन्दा पनि खोल्ने भन्ने कुरा भइरहेको छ, निर्माणका कामहरु पनि पूर्ण रुपमा सञ्चालन हुनेछन्,’ उनले भने ।

उनका अुनसार अब हवाई सेवा पनि सञ्चालन हुनेछ । अब नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको बताइएको छ । निषेधाज्ञा कायमै राख्ने र त्यसपछिको अवस्था मूल्यांकन गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने उनको भनाई छ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

अब असारपछि निषेधाज्ञा र लकडाउनभन्दा पनि स्मार्ट लकडाउन गर्ने सरकारको तयारी छ । स्मार्ट लकडाउनको अर्को मोडालिटीमा अनलाइन व्यापारहरूलाई पनि प्रोत्साहन गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.