तपाईंलाई थाहा छ ? काठमाडौं मैं छ नि फलफुलको ठुलो बागवानी (फोटो फिचर)

  २०७८ असार ३ गते १९:४०     विकासन्युज

काठमाडौं । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिमस्थित किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ ।

२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएर पनि खुम्चिएर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चँदो छ ।

अंगुर, नासपाती, आरु, किवी, एभोकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला गरी करीब ५० भन्दा बढी जातका फलफुलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.