थप २१४१ जना संक्रमणमुक्त

  २०७८ असार ३ गते १७:१९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उक्त संख्यामा संक्रमण मुक्त भएका हुन् ।

यससँगै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जना संक्रमित भएका छन् । ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो।

देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर)  र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्यृ काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना थपिएका हुन ।

हाल काठमाडौंका ७ हजार १३५, ललितपुरका ३ हजार ७१ र भक्तपुरका २ हजार ३०८ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.