क्लब हाउसमा प्रहरीको फोटोलाई ‘प्रोफाइल पिक्चर’ बनाउनेकाे खोजी हुँदै, कडा कारवाही हुने

  २०७८ असार ३ गते १७:०५     विकासन्युज

काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरी अधिकृतहरुको तस्वीर राख्नेहरुमाथि छानबिन भइहरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चर्चामा आएको क्लब हाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको तस्वीरलाई आफ्नो प्रोफाइल तस्वीर राख्नेहरु माथि प्रहरीले छानबिन तथा खोजतलास बढाएकाे हाे ।

अहिले क्लव हाउसमा उच्च पदस्थ प्रहरी अधिकृतका पोशाक सहितको तस्वीरलाई आफ्नो प्रोफाइल फोटो राख्नेहरु बढेका छन् । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य वरिष्ठ नेताहरुको तस्वीर प्रोफाइलमा राख्नेहरु पनि क्लव आउसमा धेरै भेटिने गरेका छन् । यस्तो कार्य गर्ने माथि प्रहरीले खोजतलासी बढाएको हो ।

सम्बन्धित सामग्री

‘क्लब हाउस’मा नेपाली उद्योगी/व्यवसायी र बैंकरको इण्ट्री, स्टार्टअपका लागि गज्जवको प्लेटफर्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.