दराज बैंक डेज अफर पुन: सुरु, ७ वटा बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने

  २०७८ असार ३ गते १६:४२     विकासन्युज

काठमाडौं । दराजले माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी यही असार ३ गते देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ ।

यस अफर मार्फत यि तीन बैकका ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा ५०० रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । माछापुच्छे बैंक र हिमालयन बैंक बैंकको हकमा भने यो अफर पुरै हप्ता लागु हुनेछ भने मेगा बैंकको ग्राहकको हकमा भने बिहिबार मात्र लागु हुनेछ ।

यसका साथै कम्पनीले चार अन्य साझेदार बैंक सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसँग पनि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यि बैंकहरुका ग्राहकले भने हप्तामा एकदिन छुट पाउनेछन् ।

यस अनुसार सोमबार सानिमा बैंक, बुधबार एनआईसी एशिया बैंक, शुक्रबार नबिल र शनिबार स्टयान्डर्ड चार्टड बैंकका ग्राहकले छुट पाउनेछन् ।

दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् । दराजले डेबिट कार्डको हकमा १० प्रतिशत र क्रेडिट कार्डको हकमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य हुने दराजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.