सरकारले कर तिर्ने समय तोक्यो, असार २५ गतेभित्र नतिरे जरिवाना लाग्ने

  २०७८ असार २ गते १७:४४     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यावसायीहरुलाई कर तिर्ने मिति तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै समय थप गरेर कर तिर्ने समय तोकेको हो ।

मंगलबार सर्वोच्च अदालतले कर असुल गर्न बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले कर तिर्ने मिति तोकेको हा । विभागले बैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिवाना नलाग्ने सूचनामा उल्लेख गरेको छ।

विभागले सबैखाले कर तथा विवरण असार २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने सूचनामाा उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ‘बैशाख महिनामो मूल्य अभिवृद्धि कर (भ्याट) विवरण असार २५ गतेसम्म बुझाउँदा हुनेछ, यस्तै आयकर अन्तशुल्क तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ, यसैगरी गैर कर शिर्षकको कर तथा विवरण पनि असार २५ गतेभित्र तिर्दा जरिवाना लाग्दैन, यदी यो मिति भन्दा पछि बुझाएमा विभागले जरिवाना तथा ब्याज हर्जना लगाउन सक्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.