बुधबार ३ हजार ८२ जनाले जिते काेराेना

  २०७८ असार २ गते १६:४४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ८२ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमाफर्त ८१४ जना संक्रमित पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ५५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.