इन्जिनियरको समूहले अस्पतालहरुका भेन्टिलेटर निःशुल्क मर्मत गर्दाका केही झलक (फोटो फिचर)

  २०७८ असार १ गते २१:१४     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरुको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरुको मर्मतसम्भार गरिदिन थालेको हो । कतिपय अस्पतालमा भेन्टीलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आइसियुमा प्रयोगहुने विभिन्न उपकरणहरु चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरुको समुहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ ।

इन्जिनियरहरुको समुहको एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको उहाँले बताउनुभयो । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफुहरुले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.