कोभिडले आमाबाबु गुमाएका बालबालिकाले मासिक ३ हजार भत्ता पाउने

  २०७८ असार १ गते १७:१४     विकासन्युज

काठमाडौं । कोभिड संक्रमणबाट आमाबाबु गुमाएका बागमती प्रदेशभित्रका बालबालिकाले प्रदेश सरकारबाट मासिक भत्ता पाउने भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोभिडका कारणले आमाबाबु दुबै गुमाएका बालबालिकाको पालन पोषण र शिक्षाको लागि मासिक ३ हजार रुपैयाँ भत्ता दिने जानकारी दिए ।

यस्तै, अन्य कुनै पनि कारणले आमाबाबु दुबै गुमाएका बालबालिकाले मासिक २ हजार रुपैयाँका दरले सरकारबाट भत्ता पाउने भएका छन् ।

यस्तै, बागमती प्रदेश सरकारले सांसदको लागि प्रदान गर्दै आएको प्रदेश पूर्वाधार विकास कार्यक्रम (प्रदेश सांसद विकास कोष) खारेज गरिदिएको छ । सो कार्यक्रम खारेज गरी कोभिड लगायत संक्रामक रोग नियन्त्रण र रोकथामको लागि स्वास्थ्य पूर्वाधार विकासमा लगानी गर्ने व्यवस्था मिलाइएको मन्त्री ढुंगेलले जानकारी दिए । यस्तो कार्यक्रमका लागि बागमती प्रदेशले २ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.