गण्डकीले कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने

  २०७८ असार १ गते १७:००     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशले प्रदेशमा कोभिड संक्रमणबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आव २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा बताएका हुन ।

यस्तै मुख्यमन्त्री पोखरेलले कोभिड संक्रमणका कारण मृत्यु भएका अभिभावकका सन्तानलाई मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता समेत उपलब्ध गराउने घोषणा गरेका छन् ।

यस्तै, प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदैँ आगामी आवका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले यस्तैगरी सबै जिल्ला अस्पताललाई २५ देखि ५० श्यया बनाउँदै २ देखि ५ श्यैयाको सघन उपचार कक्षा स्थापन गर्ने, धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने बताएका हुन ।

गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने, गण्डकी विश्वविद्यालयमा ३५० शैय्याको जनरल, ५० शैय्याको मुटु रोग, ५० शैय्याको अर्बुद र ५० शैय्याको मिगौला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ ।

क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा गरिब विपन्नलाई सहयोग गर्ने गरी मासिक ४ हजार उपलब्ध गराउन बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.