बागमती प्रदेशले कोभिड खोप किन्न २ अर्ब बजेट छुट्यायो

  २०७८ असार १ गते १६:५३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशले कोभिड विरुद्धको खोप खरिद गर्नको लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

बागमती प्रदेश सरकारले विनियोजन गरेको २ अर्ब रुपैयाँ संघीय सरकारको समन्वय र सहकार्यमा खोप खरिद गरी प्रदेशभित्रका सबै नागरिकलाई खोप लगाउने कार्यक्रम बजेटमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.