प्रदेश १ ले रोजगारी गुमाएका युवालाई रोजगारी दिने, स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा

  २०७८ असार १ गते १५:५६     विकासन्युज

काठमाडाैं । प्रदेश एक सरकारले कोरोनाको कारण रोजगारी गुमाएका युवालाई रोजगारी उपलब्ध गराउने भएको छ । प्रदेशले युवालाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने पनि बताएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो व्यवस्था गरेको बताएका हुन् । यस्तै, उनले मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा १० करोड रुपैयाँ विनियोजन गरेको पनि बताए ।

यस मार्फत युवालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमीका खेल्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.