लाभांश पारित गर्न नेपाल एग्रो लघुवित्तले बोलायो वार्षिक साधारणसभा, इन्फिनिटीले प्राप्ती गर्दै

  २०७८ असार १ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आफ्नो पाचौं वार्षिक साधारणसभा बिहान ९ बजे पोखराको न्यूरोडस्थित सिटिस्क्वेयर प्रा.लि.मा गर्न लागेको हो ।

उक्त सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सभाले संस्थापक तर्फबाट ४ जना सञ्चालकलाई निर्वाचन गर्ने भएको छ ।

साथै, सभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ती गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको असार ८ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल प्राप्ती गर्ने प्रकृयामा रहेकोले दोश्रो बजारमा यो संस्थाको सेयर कारोबार रोक्का रहेको छ ।

सम्बन्धित समाचार

इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.