यूनियन र सानिमाले एकैपटक अघि बढाए आईपीओ जारी गर्ने प्रकृया

  २०७८ असार १ गते १०:१५     विकासन्युज

काठमाडौं । हाल सञ्चालनमा दुई जीवन बीमा कम्पनीले सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक नेपाल धितोपत्र बोर्डको अनुमति माग्दै आईपाओ जारी गर्ने प्रकृया अघि बढाएका हुन् ।

आईपीओ जारी गर्न स्वीकृतिको लागि यी दुबै गत जेठ ९ गते धितोपत्र बोर्ड पुगेका थिए ।

जसमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

त्यस्तै, सानिमा लाइफले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

यी दुबै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले स्वीकृति पाएसँगै यी दुबै इन्स्योरेन्सले प्रभु क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.