जीवन विकास लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

  २०७८ असार १ गते ९:१४     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

बोर्डले कम्पनीलाई जेठ ३० गते एक सय रुपैयाँ अंकित दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ जारी गर्नको लागि अनुमति दिएको हो ।

यससँगै माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत चुक्ता पुँजीको ३२.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । सो मात्राको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, संस्थालाई आईपीओ निष्काशन गर्न इक्रा नेपालले ‘इक्राएनपी(आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.