पोखरा र भैरहवा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ राजस्वमा ५ वर्षको छुट दिन माग

  २०७८ जेठ ३१ गते १८:१८     विकासन्युज

काठमाडौं । निमार्णधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको गा्रउण्ड ह्याण्डलिङ सेवाबापतको राजश्व छुट दिन नेपाल वायुसेवा निगमले आग्रह गरेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियासँग दुई विमानस्थलमा पाँच वर्षका लागि छुट गराउनु माग गरेका हुन ।

मन्त्री अरगरियाले सोमबार निगमका पदाधिकारीसँग छलफल गरेका थिए। निगमकै कार्यालयमा भएको छलफलमा पौडेलले यस्तो माग गरेका हुन्।

नवनियुक्त पर्यटननमन्त्री अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए ।

छलफल कार्यक्रममा उनले निगम नाफामूलक मात्र नभई सेवामूलक संस्था समेत हो भन्ने अवधारणासहित अगाडि बढ्नुपर्ने भएकाले सोका लागि सरकारका तर्फबाट सहयोग हुने बताएका थिए ।

उनले कोरोना महामारीमा समेत निगमले आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताए ।

मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.