ऋण व्यवस्थापन गर्न युनियन हाइड्रोले हकप्रद सेयर जारी गर्ने, एकैपटक डाक्यो दुई एजीएम

  २०७८ जेठ ३१ गते १६:२९     विकासन्युज

काठमाडौं । युनियन हाइड्रोपावरले एकैपटक दुई वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले आगामी असार २५ गते तेह्रौं (आर्थिक वर्ष २९७५/७६) र चौधौं (आर्थिक वर्ष २०७६/७७) को वार्षिक साधारण सभा गर्न लागेको हो ।

उक्त सभा सो दिन बिहान ११ बजेदेखि ललितपुरको धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्च्युअल मार्फत हुने छ ।

सभाले सञ्चालक समितिमा ६ जनालाई निर्वाचित गर्दै छ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट एक जना महिला सहित ३ जनालाई सञ्चालकमा निर्वाचित गर्न लागेको हो ।

त्यस्तै, कम्पनीले ऋण व्यवस्थापन गर्नको लागि हकप्रद सेयर जारी गरी पुँजी उठाउने प्रस्ताव सभामा पेश गरेको छ । कम्पनीद्वारा प्रर्वधित मिदिम खोला करापु जलविद्युत आयोजना(३ मेगावाट) को लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि रकम आवश्यक रहेको हाइड्रोले जनाएको छ । जसको लागि हकप्रद जारी गरी पुँजी उठाउने कम्पनीको प्रस्ताव रहेको छ । सभाले पारित गरेपश्चात कम्पनीले सर्वसाधारणमा हकप्रद सेयर जारी गर्ने छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज हुने भएको छ ।

सम्बन्धित समाचार

युनियन हाइड्रोले एकैपटक बोलायो दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.