कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

  २०७८ जेठ ३१ गते १६:०२     विकासन्युज

काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहेकाेमा अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ ।

जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने दक्षिण अमेरिकी देशहरुले सहभागी जनाउँछन् । यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।

नेपाली समय अनुसार मध्यरात तथा बिहान हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.