परिवार योजनाका साधानहरुकाे जानकारी दिन ‘मेरी संगिनी’ एप सुरु

  २०७८ जेठ ३१ गते १४:३०     विकासन्युज

काठमाडाैं । नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ ।

कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप सुरु गरेकाे जनाएकाे छ ।

मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता पनि विशेष गरी किशोर तथा किशोरी एवंम नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहेकाे कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले बताए ।

एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्नेछ ।

साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधी पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने पाेखरेलले बताए ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधनबारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताउँछन् ।

नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिदान्त अनुसार विगत चार दशकभन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको विक्रिवितरण तथा व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सीआरएस द्वारा वितरित गरिएका केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.