११ दिनपछि कारोबार भएको खानी खोला हाइड्रोको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति ?

  २०७८ जेठ ३१ गते ११:४३     विकासन्युज

काठमाडौं । खानी खोला हाइड्रोपावरको सेयर कारोबार आज (जेठ ३१ गते)देखि खुला भएको छ । गत जेठ २० गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो ।

नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । यससँगै कम्पनीले उक्त विवरणहरु नेप्सेको वेवसाइटमा अपलोड गरेकाे र आगामी दिनमा समयमै विवरणहरू पेश गर्न सचेत गराउँदै नेप्सेले आजदेखि कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २५ रुपैयाँले बढी हो । कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २५० रुपैयाँमा भएको थियो ।

यो समाचार तयार पार्दासम्म संस्थाको सेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता कोही पनि देखिएका छैनन् ।

सम्बन्धित समाचार

अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.