एसइईको नतिजा साउन दोस्रो साता

  २०७८ जेठ ३१ गते १०:१०     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ ।

बाेर्डले यसकाे लागि आवश्यक पर्ने मूल्याङ्न कार्यविधि आइतबार पारित गर्दै असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए

समन्वय समितिले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने भएको छ ।

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्नेछ ।

बार्डले यस वर्ष पनि काेराेनाभाइरस महामारीकाे कारण  आन्तरिक मूल्याङ्कनबाट नै नतिजा सार्वजनिक गर्ने भएकाे छ ।

यद्यपि पाेहाेर जथभावी अंक दिएकाे भन्दै बाेर्डले यस वर्ष मुख्य विषय शिक्षकहरु गरी पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.