एसईईको नतिजा असार भित्रै बुझाउन विद्यालयलाई निर्देशन

  २०७८ जेठ ३० गते १९:५४     विकासन्युज

काठमाडौं । विद्यालयहरुले विद्यार्थीको विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा आगामी असार २० गतेसम्म बुझाउनु पर्ने भएको छ । उक्त नतिजा उनीहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले सो अवधिभित्र विद्यार्थीको एसईईको नतिजा जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको हो । ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गर्दै बोर्डले उक्त नतिजा असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको हो ।

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने बोर्डले जनाएको छ । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले उक्त अधिकार विषय शिक्षकलाई दिईएको बोर्डको भनाई छ ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.