बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइने, बैंक वित्तीय संस्थाका लागि यस्ताे छ व्यवस्था

  २०७८ जेठ ३० गते १६:४१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए ।

उनका अनुसार अब बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । यस्तै उनले खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको बताए ।

यस्तै बैंक तथा बीमा कम्पनीहरु भने साविकै व्यवस्था अनुसार सञ्चालन गर्नु पर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरु सीमित कर्मचारी र सीमित शाखामा खोल्न पाउने व्यवस्था गरेको छ ।

हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

उनका अनुसार इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.