हकप्रद जारी गर्न शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले अघि बढाए प्रकृया, पुगे धितोपत्र बोर्ड

  २०७८ जेठ ३० गते १४:१७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएका छन् । उनीहरु दुबैले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ ।

त्यस्तै, विकास बैंक अन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

संस्थाले गत जेठ २७ गते बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.