मिर्मिरे लघुवित्तका डीसीईओ न्यौपाने कामु सीईओमा नियुक्त, स्वतन्त्र सञ्चालकमा भट्टराई

  २०७८ जेठ ३० गते १२:५८     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैंठकले संस्थाका नायव कार्यकारी प्रमुख(डीसीईओ) न्यौपानेलाई कामू सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ न्यौपानेले आगामी असार १ गतेदेखि लागू हुने गरी संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका नीति नियमको परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्न र सञ्चालक समितिप्रति पूर्ण जवाफदेहिताक साथा जिम्मेवारी निर्वाह गर्ने छन् ।

संस्थाका सीईओ कुमार याक्सोले पदबाट राजिनामा दिएसँगै सञ्चालक समितिको बैठकले न्यौपानेलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी सीईओ याक्सोको राजिनामा स्वीकृत गरेको हो ।

त्यसैगरी, संस्थाको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाले जेठ २९ गतेदेखि लागू हुने गरी भट्टराईलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.