सभामुखद्वारा आयोजित सर्वदलीय बैठकमा नेताहरु (फोटो फिचर)

  २०७८ जेठ २८ गते २१:३०     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् ।

आज सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुसँग संसद विघटन पछिको राजनीतिक अवस्थाको सम्बन्धमा छलफल गरेका थिए । छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेकाले सर्वोच्च अदालतले पुनस्र्थापना गर्नुपर्ने धारणा राखेका हुन् ।

नेताहरुले देशमा लोकतन्त्र धरापमा परेकाले लोकतन्त्रको रक्षा गर्नुपर्ने साझा धारणा व्यक्त गरेका थिए । त्यस्तै बैठकमा जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको निन्दा समेत गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.