खराब सडक अवस्थाको कारण यस्तो सास्ती भोग्दैछन् रसुवा टिमुरेका जनता (फोटो फिचर)

  २०७८ जेठ २८ गते १९:४०     विकासन्युज

काठमाडौं । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने, पाइएको सामान पनि महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताउनुभयो । यस्तै अर्का स्थानीय व्यवसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञा बाट समेत दुःख पाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.