निषेधाज्ञा एक साता थपिने, नाकामा कडाई गरेर काठमाडौंमा खुकुलो पारिने

  २०७८ जेठ २८ गते १०:५२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने  तयारी भएकोे छ ।

निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको जनाईएको छ ।

एक साता निषेधाज्ञामा कडाई गरेर पुनः विस्तारै खुला गर्ने तयारी भएपनि पुनः एक साता थप गर्ने तयारी भएको हो । एक साता निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा गर्दापनि कोरोना संक्रमितको संख्यामा कमी नआएपनि पुनः एक साता थप गर्ने विषयमा छलफल भएको हो ।
उनले निषेधाज्ञा एक साता थप गरेतापनि केही खुकुलो भने हुनसक्ने जानकारी दिए ।

काठमाडौं भित्रने तथा बाहिरिने नाकामा कडाई गर्ने तयारी भएको छ । निषेधाज्ञाको समयमा उपत्यकामा संक्रमतिको संख्यामा कमी नआएपछि नाकामा कडाई गरी तीन जिल्लामा खुकुलो बनाइन लागिएको हो ।

यसअघि बिहान ९ बजेसम्म मात्र किराना, खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरहरु खुला भएकोमा एक घण्टा थप गरेर १० बजेसम्म खुल्न दिईनेछ भने विकास निर्माणका कामहरु सुचारु हुनेछन ।

दोस्रो लहरको कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधात्रा लागु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.