हकप्रदपछि एचआईडीसीएलको सेयर मूल्य समायोजन

  २०७८ जेठ २८ गते ९:५५     विकासन्युज

काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएसँगै मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ५८६ रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसकाे लागि गत जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.