सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, स्वदेशी र विदेशी बैंकिङमा तीन दशकको अनुभव

  २०७८ जेठ २८ गते ९:१६     विकासन्युज

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन । बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

हालसम्म उनी बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका थिए । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त बताइएको छ ।

असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिकाे बैठकले प्रमुख कार्यकारी नियुक्त गरेको हो ।  सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पाेखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् ।

उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामाे समयसम्म काम गरेकाे अनुभव तथा कार्यकाैशलता छ ।  उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेकाे अनुभव छ ।

उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रे ज्ञान तथा अनुभव भएकाे बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेकाे अनुभव पाेखरेलसँग छ ।

उनी २०७६ जेठ २ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.